२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा शर्मासहित थप चारजना डाक्टर पक्राउ

Untitled
Untitled
Untitled

काठमाडौ, नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जना डाक्टर पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सांसद सुनिलकुमार शर्मासहित पाँचजना पक्राउ परेको जानकारी दिएको छ।

पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेका छन्।

उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ। अहिले पनि सीआइबीको अपरेशन जारी रहेको जनाइएको छ।

यसअघि शिहीबार दिउँसो सिआइबीको टोलीले काठमाडौँको गल्फुटारबाट सांसद शर्मालाई पक्राउ गरेको थियो।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गर्न काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले आज अपरेशन चलाएको थियो।

उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Untitled
Untitled
Untitled