२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर यातायात सञ्चालन गर्ने तयारी

Untitled
Untitled
Untitled

फिदिम, बाढीका कारण पुल बगेपछि ठप्प भएको मेची राजमार्ग अन्तरगत फिदिम–ताप्लेजुङ सडक खण्डमा डाइभर्सन गरेर राजमार्ग आज साँझ सम्ममा आवागमन सञ्चालन गर्ने तयारी गरिएको छ ।

सडक डिभिजन इलामले हेँवा खोलामा ह्युम पाइप राखेर डाइभर्सन गर्दै यातायात सञ्चालन गराउन लागेको हो ।

डाइभर्सनका लागि शनिवार साँझदेखि ह्युमपाइप राख्ने काम थालिएको सडक डिभिजन प्रमुख विदूर पोखरेलले जानकारी दिए ।

इटहरी स्थित सडक डिभिजनको गोदामबाट ल्याइएका ह्युम पाइप खोलामा पानीको सतह घटेसँगै राख्न सुरु गरिएको उनले बताए ।

ह्युम पाइप राख्न आज अपराह्नसम्म समय लाग्ने र काम सकिए लगत्तै फिदिमदेखि ताप्लेजुङ सवारी तथा ढुवानीका साधन आवागमन सञ्चालन गराउने योजना रहेको पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए ।

असार ३ गते गएको बाढीले हेवा खोला पुल बगाएसँगै एक सातादेखि फिदिम ताप्लेजुङ सडक खण्डमा यातायात तथा ढुवानीका साधन चल्न सकेका छैनन् ।

Untitled
Untitled
Untitled