२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

कर फर्छ्यौट भ्रष्टाचार मुद्दामा चूडामणि शर्मासहित ३ जनालाई ९ वर्ष कैद, रु.४ अर्बभन्दा बढी जरिवाना

Untitled
Untitled
Untitled

काठमाण्डौ, विशेष अदालतले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चूडामणि शर्मालाई भ्रष्टाचार मुद्दामा ९ वर्ष कैद सजाय र रु. ४ अर्बभन्दा बढीको जरिवानाको फैसला सुनाएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको मंगलबारको इजलासले महत, ढकाल र शर्मालाई उक्त कैद सजाय र जरिवानाको फैसला सुनाएको हो।

महतलाई ९ वर्ष १ महिना कैद सुनाएको हो। ढकाल र शर्मालाई ९–९ वर्ष कैद सुनाइएको छ। अदालतले तीनैलाई कुल ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८९८ रुपैयाँको जरिवाना सुनाएको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानले मुद्दा दायर गरेको थियो। उक्त इजलासले गत जेठ १८ गते महत, ढकाल र शर्मालाई दोषी ठहर गरिसकेको थियो।

गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने तीनै जनालाई सफाइ दिइएको थियो।

अख्तियारले २०७४ साल असारमा उनीहरुविरुद्ध १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनीहरुमाथि विभिन्न व्यापारीलाई अनियमित तरिकाले कर छुट दिएको आरोप लगाइएको थियो।

 

Untitled
Untitled
Untitled