२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पाकिस्तानमा आँधीबाट जोगाउन १ लाख जनालाई सुरक्षित ठाउँमा सारिँदै, मानिसलाई सुरक्षित स्थानमा सार्न सेना खटियो

Untitled
Untitled
Untitled

एजेन्सी, चक्रवात विपरजोय पाकिस्तानको कराँची सहरतर्फ सर्दै गएपछि सरकारले तटीय क्षेत्रका एक लाख मानिसलाई सुरक्षित स्थानमा सार्न सेना परिचालन गरेको छ ।

आँधी तीव्र गतिमा देशको दक्षिणी सिन्ध प्रान्ततर्फ बढिरहेको छ । पाकिस्तानको मौसम विभागको पछिल्लो जानकारी अनुसार बिपरजोय कराँची तटबाट ४ सय १० किलोमिटर दक्षिणमा अर्थात आँधीको गति अनुसार ६ घण्टा टाढा छ।

विपरजोय आँधीलाई अति खतरनाक देखि अति खतरनाक श्रेणीमा राखिएको छ । यो चक्रवात जुन १५ अर्थात विहीबारसम्म सिन्धको तटीय क्षेत्रमा पुग्ने सम्भावना छ ।

जुन १५ मा नै यो चक्रवात भारतको गुजरातको तटमा पनि पुग्नेछ । पाकिस्तान मौसम विभागका अनुसार यसको तीव्रता जुन १७(१८ सम्म कमजोर हुने सम्भावना छ।

सिन्धका मुख्यमन्त्री सैयद मुराद अली शाहले यस क्षेत्रमा आपतकालिन घोषणा गरिएको छ । सेना र नौसेनालाई खतरा क्षेत्रबाट ८० हजार मानिसहरूलाई बाहिर निकाल्न खटाइएको छ।

थाटा, केती बन्दर, सुजावल, बदिन, थारपार्कर र उमरकोट जिल्लामा ठूलो मात्रामा विस्थापित भइसकेको शाहले बताए ।

 

Untitled
Untitled
Untitled