२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रहरीले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज नबुझाउने

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरेको गिरोहबारेको अनुसन्धानमा रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले अनुसन्धान नसकिएको भन्दै आज प्रतिवेदन नबुझाउने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको हो ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएको हो ।

प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ ।

यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ ।

सरकारी वकिलले अध्ययनका लागि भन्दै बुधबार प्रतिवेदन बुझाउन भनेपनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गरेर बुझाउने भएको हो ।

Untitled
Untitled
Untitled