२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

Untitled
Untitled
Untitled

फिदिम, मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाँउपालिकाको भारपामा ट्याक्टरबाट खसेर दुई बालिकाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुवँरले हिलिहाङ गाँउपालिका–७ निवासी कमल सुवेदीका दुई छोरी १३ वर्षीया पुजना सुवेदी र नौ वर्षीया गंगा सुवेदीको ट्याक्टरबाट खसेर निधन रहेकोे जानकारी दिए ।

ट्याक्टर चढेर विद्यालय जाँदै गरेका पुजना र गंगाको बुधबार बिहान निधन भएको हो । यसैगरी, दुई जना घाइते भएका छन् ।

घाइतेको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक फरार रहेको प्रहरी निरीक्षक कुवँरले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप विवरण आउन बाँकी छ ।

Untitled
Untitled
Untitled