२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

हत्या आरोपित एमाले सांसद कोइरीको बिरामी बिदा संसद्‌बाट अस्वीकृत

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई बिरामी बिदा दिने प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएको छ।

शुक्रबार साँझ बसेको दोस्रो बैठकले कोइरीको बिरामी बिदा दिने प्रस्ताव अस्वीकृत गरेको हो।

केही दिनअघि सांसद कोइरीले आफू बिरामी भएको पत्र संसद सचिवालयमा पठाएका थिए। त्यहीअनुसार सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकमा उनीसहित पाँच सांसद बिरामी भएको सन्देश सुनाएका थिए।

तर, कोइरी बिरामी नभएर फरार भएको र आफूसँग भारतमा लुकेको प्रमाण रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले पक्राउ गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।

रास्वपाको सांसदले कोइरीको विषयमा विरोध गरेपछि स्थगित संसद् बैठक केही बरेपछि पुनः सञ्चालन गरिएको थियो।

दोस्रो बैठकमा सांसद लक्ष्मी कोइरीको बिरामी बिदा अस्वीकृत भएको सन्देश सभामुखले सुनाए।

साथै प्रतिनिधिसभाको आगामी अधिवेशनमा कोइरीबारे कानूनबमोजिम कारबाही गर्ने सभामुखको प्रतिबद्वता जनाएका छन्। सांसद कोइरीलाई हत्या आरोप लागेको छ।

Untitled
Untitled
Untitled