२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

नेपालले जोर्डनलाई ४-१ गोलले हरायो

Untitled
Untitled
Untitled

काठमाडौं, एएफसी यू-१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले जोर्डनलाई हराएको छ ।

प्रिन्स मोहमद स्टेडियममा शुक्रबार नेपालले आयोजक जोर्डनलाई ४-१ गोल अन्तरले हराएको हो ।

नेपालको जीतमा सुक्रिया मियाले दुई गोल गरिन् । वर्षा ओली र माया मास्केले एक एक गोल गरिन् । जोर्डनका लागि पानिसा पिसदरले एक गोल फर्काईन् ।

छनोटमा नेपालको यो पहिलो जीत हो । पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको थियो । यस समूहमा नेपाल, जोर्डन र इरान रहेका छन् ।

Untitled
Untitled
Untitled