२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

जसपाबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहाय यादवविरुद्ध उजुरी दर्ता

Untitled
Untitled
Untitled

काठमाडौं, जनता समाजवादी पार्टी (जसपा) बाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दर्ता भएको छ ।

शनिबार दिउँसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा नेकपा (एमाले)का सांसद महेश बर्तौलाले यादवविरुद्ध उजुरी दिएका हुन् ।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपति पनि पुरुष हुन नहुने भन्दै एमालेका सांसद बर्तौलाले जसपाका उम्मेदवारविरुद्ध उजुरी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि (आइतबार) १२ बजेसम्म छानबिन गर्ने समय छ ।

Untitled
Untitled
Untitled