२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

माओबादी नेतृ अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

Untitled
Untitled
Untitled

काठमाडौं, राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्।

सोमबारको राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

आइतबार मनोनयन दर्ताको दिन सत्ता साझेदार दलहरूको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् ।

अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रियसभा सदस्य निर्वाचित भएकी थिइन् ।

उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेकी थिइन् । ६६ वर्षीया अर्यालले समाजशास्त्र विषयमा स्नातकोत्तर गरेकी छन् ।

नेकपा मसाल पृष्ठभूमिकी उनी २०४७ सालसम्म महिला विकास अधिकृत थिइन् । उक्त पदबाट राजीनामा दिएर २०४८ सालमा उनी नेकपा एमालेको राजनीतिमा होमिएकी थिइन् ।

उनी एमालेमै रहँदा तात्कालीन झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् ।

Untitled
Untitled
Untitled