२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

देशभर आज मौसम सामान्य बदली रहने पूर्वानुमान, हिमाली र पहाडी क्षेत्रमा दिनभर बादल लाग्ने सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सामान्यतया बदली रहने जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

त्यस्तै, कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक/दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले रातिको समयमा भने मौसम केही सुधार हुने जनाएको छ।

राति हिमाली भू–भागमा सामान्य बदली रहने, पहाडी भू–भागमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ।

यसैगरी, सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

Untitled
Untitled
Untitled