२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हिमालयन लिटरेचर फेस्टिभलमा पुलित्जर विजेता कविदेखि विश्वप्रसिद्ध लेखकहरू सहभागी हुँदै

Untitled
Untitled
Untitled

काठमाडौ । ठमेल स्थिति होटल मल्लमा जेष्ठ १० गते आइतबार विशेष पत्रकार सम्मेलन आयोजना गरी ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ को आगामी संस्करणको औपचारिक घोषणा गरिएको छ ।

आयोजकका अनुसार यो भव्य साहित्यिक महोत्सव आगामी मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौँको मल्ल होटलमा आयोजना हुनेछ । एक हप्तासम्म चल्ने यस महोत्सवमा नेपालसहित विश्वभरका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान, पत्रकार तथा नवोदित लेखकहरूको उत्साहजनक सहभागिता रहनेछ ।

सांस्कृतिक संवाद र रूपान्तरणको साझा मञ्च यस वर्षको महोत्सव विशेष गरी ‘उपचार, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवाद’ का विषयहरूमा केन्द्रित रहनेछ । सप्ताहव्यापी कार्यक्रमहरूमा: • मास्टर क्लास र प्राज्ञिक कार्यशालाहरू • मुख्य वक्तव्य र साहित्यिक संवादहरू • कविता वाचन तथा चलचित्र प्रदर्शन • सांस्कृतिक भ्रमण रहेका छन्।

यी विविध सत्रहरूले साहित्य र कलाको रूपान्तरणकारी शक्तिमाथि गहन अन्तरविषयक छलफल चलाउने आयोजकले जनाएका छन् ।महोत्सवमा विश्व साहित्य जगत्‌का नक्षत्रहरूको उपस्थिति रहनेछ । जसमा: • पुलित्जर पुरस्कार विजेता कविहरू ट्रेसी के. स्मिथ, विश्वप्रसिद्ध साहित्यकार पल मुल्डुन • चर्चित उपन्यासकार जीन ह्याङ्फ कोरेलिट्ज • प्रख्यात कवि तथा अनुवादक टोनी बार्नस्टोन • प्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा • आइरिस साहित्यिक सम्पादक मार्टिन डोयल • ब्रुकलिन ‘पोएट लुरिएट’ टिना चाङका साथै नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड, संयुक्त राज्य अमेरिका (USA) लगायत विभिन्न देशका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको यस महाकुम्भमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।

हिमालयन र विश्व साहित्यिक परम्पराको संगमलाई उत्सवका रूपमा मनाउँदै विशेष समारोहका बीच महोत्सवको उद्घाटन गरिनेछ जानकारी दिइएको छ । महोत्सव अवधिभर समसामयिक र नवीन विषयहरूमा केन्द्रित रहेर सत्रहरू सञ्चालन हुनेछन्, जसमा:कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता  र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र उपचार, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्य जस्ता विषयमा गहन मन्थन हुने उल्लेख छ  ।

यस महोत्सवको प्रमुख उद्देश्य उदियमान साहित्यिक आवाजहरूको प्रवर्द्धन गर्नु पनि रहेको कवि युयुत्सु शर्माले बताउनु भयो । विशेष गरी नेपाली तथा अंग्रेजी भाषामा लेख्ने नेपाली कवि र लेखकहरूलाई अन्तर्राष्ट्रिय अतिथिहरूसँगै विशेष रूपमा प्रस्तुत गरिनेछ,नेपालका प्रसिद्ध कवि साहित्यकारहरु  शैलेन्द्र साकार, द्वारिका श्रेष्ठ, दुवसु क्षेत्री , राजेन्द्र सलभ,कृसु क्षेत्री, ज्योतिकिरण, ठाकुर बेलबासे, उषा शेरचन लगायत दर्जन बढी साहित्यकारहरूले नेपालको प्रतिनिधित्व गर्ने बताइएको छ।

जसले अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा नेपालको बढ्दो उपस्थितिलाई थप पुष्टि गर्ने उल्लेख छ । महोत्सव अन्तर्गत कवितामा आधारित आइरिस, अस्ट्रियन र पोलिस चलचित्रहरूको समेत प्रदर्शन गरिनेछ कार्यक्रम रहेको छ भने यसका साथै स्वदेशी तथा विदेशी लेखकहरूका कृतिहरू माथि चर्चा परिचर्चा तथा नयाँ कृति विमोचनको कार्यक्रम राखिएको छ।

अतिथिहरूलाई नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदासँग साक्षात्कार गराउन काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बूढानीलकण्ठ र नगरकोट जस्ता ऐतिहासिक स्थलहरूको भ्रमण गराइउने कार्यतालिका रहेको छ।  । यसले सहभागीहरूलाई नेपालको कलात्मक, आध्यात्मिक र सांस्कृतिक वैभवसँग गहिरो रूपमा जोड्ने आयोजकको विश्वास रहेको  छ ।

संवाद, सिर्जनशीलता र अन्तरसांस्कृतिक समझदारीको साझा मञ्चका रूपमा स्थापित यो कार्यशालाले काठमाडौँलाई विश्व साहित्यिक गन्तव्य तथा विविध कलात्मक आवाजहरूको महत्त्वपूर्ण केन्द्रका रूपमा थप सुदृढ बनाउँदै लाने कार्यक्रम डाइरेक्टर सृजना भण्डारी बताउनु भयो। पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूलाई अङ्ग्रेजी र नेपाली भाषाको प्रेस वक्तव्य वितरण गरिएको थियो ।

Untitled
Untitled
Untitled