२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ट्रम्पको मध्यस्थतामा रुस–युक्रेनबीच तीन दिने युद्धविराम घोषणा

Untitled
Untitled
Untitled

एजेन्सी, डोनाल्ड ट्रम्प ले रुस–युक्रेन युद्धमा अस्थायी रूपमा तीन दिने युद्धविराम लागू गर्ने घोषणा गरेका छन् ।

विजय दिवसको अवसरमा रुस र युक्रेनले छुट्टाछुट्टै युद्धविराम घोषणा गरे पनि एकअर्कामाथि उल्लंघन गरेको आरोप लगाइरहेका बेला ट्रम्पले नयाँ मध्यस्थता प्रस्ताव सार्वजनिक गरेका हुन् ।

ट्रम्पको प्रस्तावमा युद्धविराम अवधिभर सबै सैन्य कारबाही रोक्ने र दुवै पक्षले १,००० जना युद्धबन्दी साटासाट गर्ने व्यवस्था समावेश गरिएको छ ।

उनले सामाजिक सञ्जालमार्फत आफूले प्रत्यक्ष रूपमा युद्धविरामका लागि पहल गरेको उल्लेख गर्दै भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की दुवैले प्रस्ताव स्वीकार गरेको बताएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन युद्धविराममा सहभागी हुने जानकारी दिएका छन् भने रुसी सरकारी सञ्चारमाध्यमहरूले पनि मस्को प्रस्तावप्रति सहमत रहेको उल्लेख गरेका छन् ।

यसअघि रुस र युक्रेनले एकअर्कामाथि युद्धविराम उल्लंघन गर्दै आक्रमण जारी राखेको आरोप लगाएका थिए ।

मस्कोका मेयरले राजधानीमाथि रातभर ड्रोन आक्रमण भएको बताएका थिए भने युक्रेनले पनि रुसी सैन्य गतिविधि नरोकिएको जनाएको थियो ।

रुसले विजय दिवस समारोहलाई लक्षित गर्दै मे ८ र ९ का लागि अस्थायी युद्धविराम घोषणा गरेको थियो ।

त्यसको प्रतिक्रिया स्वरूप युक्रेनले मे ६ देखि लागू हुने गरी अनिश्चितकालीन युद्धविरामको प्रस्ताव अघि बढाएको थियो ।

यसैबीच, रुसले मस्कोको रेड स्क्वायरमा हुने विजय दिवस परेडमा कुनै पनि किसिमको आक्रमण नगर्न युक्रेनलाई चेतावनी दिएको छ ।

Untitled
Untitled
Untitled