२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सार्वजनिक यातायातको भाडा फेरि पाँच प्रतिशतले वृद्धि

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। डिजेलको मूल्य वृद्धि भएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायात र मालवाहक सवारीसाधनका लागि नयाँ भाडादर लागू गरेको हो।

विभागका अनुसार वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले बढे वा घटेमा स्वचालित रूपमा भाडा समायोजन गरिन्छ।

यसै व्यवस्थाअनुसार डिजेलको औसत मूल्य प्रतिलिटर १८० रुपैयाँ ८३ पैसा पुगेपछि वैशाख ३ गतेदेखि लागू हुने गरी भाडा पुनः समायोजन गरिएको हो।

नयाँ दरअनुसार यात्रुवाहक सवारी, पहाडी क्षेत्रका मालवाहक सवारी तथा तराई क्षेत्रका मालवाहक सवारीको भाडा पाँच प्रतिशतले बढाइएको विभागले जनाएको छ।

भाडा वृद्धिले लामो दूरीका यात्रु र ढुवानी क्षेत्रमा प्रत्यक्ष असर पर्ने देखिएको छ।

व्यवसायीहरूले इन्धन मूल्य बढेकाले भाडा समायोजन अपरिहार्य भएको बताएका छन् भने यात्रुहरूले निरन्तरको भाडा वृद्धिले आर्थिक भार थपिएको गुनासो गरेका छन्।

Untitled
Untitled
Untitled