२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा यातायात आवागम पूर्ण रुपमा अवरुद्ध

Untitled
Untitled
Untitled

काभ्रे, वर्षाका कारण रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा यातायात पूर्ण स्पमा अवरुद्द भएको छ ।

चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, कालढुंगा, माम्ती र सिन्धुलीको आँपघारीमा अस्थायी डाइभर्सन बगाएको छ।

अहिले यस क्षेत्रको राजमार्गमा यातायात आवागम पूर्ण रुपमा अवरुद्ध भएको हो।

शनिबार दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलले राजमार्गन्गर्तत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो ।

वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।

वर्षाका कारण रोशी खोलामा पानीको वहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो ।

गतसालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो ।

यस्तै गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच राजमर्गा अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको जनाइएको छ ।

गतसाल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवम् डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो ।

हाल क्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

 

Untitled
Untitled
Untitled