२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मनोहरा नदी किनारको बस्ती हटाइँदै, सामान सार्न सहयोग गर्दै प्रहरी

Untitled
Untitled
Untitled

काठमाण्डू, मनोहरा नदी किनारमा बसोबास गर्दै आएका सुकुमबासीहरूको बस्ती खाली गराउने कार्य आज बिहानदेखि उच्च सुरक्षा सतर्कतासहित शुरु गरिएको छ ।

प्रहरीका अनुसार उपत्यकाभरका विभिन्न प्रहरी युनिटहरू तथा अन्य सुरक्षा निकाय परिचालन गरी बस्ती खाली गराउने काम भइरहेको छ ।

हाल बासिन्दाहरूले आफ्ना सामानहरू सारिरहेका छन् भने सुरक्षाकर्मीहरूले त्यसमा सहयोग गरिरहेका छन् ।

शनिबार बस्ती खाली गराउने क्रममा केही व्यक्तिले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । उक्त घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रशासनले केही समयभित्रै उक्त क्षेत्रमा डोजर चलाएर संरचना हटाउने तयारी गरेको छ । मनोहरा नदी किनारको अतिक्रमण हटाउने अभियान अन्तर्गत यो कदम चालिएको जनाइएको छ ।

Untitled
Untitled
Untitled