२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अब कर्मचारीको तलब १५ दिनमै दिइने, अर्थले पठायो पत्र

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले कर्मचारीको तलब १५ दिनमै दिने तयारी गरेको छ ।

हाल एक/एक महिनामा (मासिक) रुपमा दिइँदै आइएको तलब अब अर्धमासिक (१५ दिनमा) दिने व्यवस्था गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।

वैशाख ४ गते शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा छलफल गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

साथै महालेखा नियन्त्रकको कार्याललाई तत्काल त्यसबारे सम्पूर्ण तयारी गर्न पठाइएको पत्र लोकपथलाई प्राप्त भएको छ ।

‘राष्ट्रसेवक सरकारी कर्मचारीहरुको तलवभत्ता सुविधा वितरणको कार्य महिना भुक्तान भएपछि मासिक रुपमा गर्दै आइएकोमा अब यसलाई अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी शुरुवात गर्ने सन्दर्भमा अर्धमासिक रुपमा वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन मिति २०८३/०१/०४ (मा.अर्थमन्त्रीस्तर_ को निर्णयानुसार अनुरोध छ,’ अर्थमन्त्रालयका सहसचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

जसअनुसार हाल सरकारले तोकेको निजामती कर्मचारीहरुको तलबमान अनुसार आधा महिनाको तलब आउनेछ ।

सरकारी कोषबाट तलब लिने निजामती बाहेकका अन्य कर्मचारीहरुको हकमा भने हाल कुनै व्यवस्था नभएको अर्थ मन्त्रालयका एक उच्च तहका कर्मचारीले जानकारी दिए ।

Untitled
Untitled
Untitled