२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अदालतको फैसला स्वीकार गर्दै सभापति थापा नेतृत्वलाई स्वीकार गर्ने कांग्रेस देउवा पक्षको निष्कर्ष

पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी सभापतिलाई

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा नेतृत्वको कार्यसमितिलाई अधिकारिकता प्रदान गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निष्कर्ष निकालेको छ ।

शनिबार बसेको देउवा पक्षको बैठकले अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको हो ।

देउवा पक्षका कांग्रेस नेता मिन विश्वकर्माले पार्टीभित्र मतभेद रहे पनि स्वतन्त्र न्यायपालिकाको निर्णयलाई स्वीकार गर्ने परम्परा अनुसार फैसला स्वीकार गर्ने निष्कर्ष निकालेको बताए ।

उनका अनुसार नेपाली कांग्रेसले न्यायालयले गरेका निर्णयलाई सधैं आत्मसात गर्दै आएको उल्लेख गर्दै यसपटक पनि फैसलाप्रति असन्तुष्टि भए पनि त्यसलाई स्वीकार गर्ने निर्णय गरिएको छ ।

उनले सर्वोच्च अदालतको राजनीतिक दलसम्बन्धी ऐनको व्याख्याप्रति देउवा पक्षमा केही असन्तुष्टि रहेको बताए । यद्यपि, पार्टीभित्र अझै पनि विभिन्न मतभेद रहेको उनको भनाइ थियो ।

नेता विश्वकर्माले देशभर पार्टी एकताप्रति चिन्ता व्यक्त भइरहेको बताउँदै सबै पक्ष पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयमा केन्द्रित रहेको बताए ।

उनले कांग्रेस सभापति गगन थापा रहेको उल्लेख गर्दै पार्टी एकताको निष्कर्षमा पुग्ने जिम्मेवारी पनि उनकै काँधमा रहेको बताए ।

Untitled
Untitled
Untitled