काठमाण्डू, सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ।
शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो।
सर्वोच्चले निवेदक तात्कालीन सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको रिटलाई खारेज गरेको छ।
शुक्रबार रिट निवेदक पक्ष र विपक्षका वकिलहरूले बहस गरेका थिए।
देउवा र खड्काको खारेज भएसँगै विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई नै सर्वोच्चले आधिकारिकता दिएको हो।
बिहीबारदेखि शुरु भएको सुनुवाइ शुक्रबार सकिएको थियो।
गत पुसमा थापा नेतृत्वले गरेको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो।


































