२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नागढुंगा सुरुङको दस्तुर दर तय, सवारी साधनअनुसार फरक–फरक रकम तिर्नुपर्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले नागढुंगा सुरुङ प्रयोग गर्ने सवारी साधनको लागि नयाँ दस्तुर दर सार्वजनिक गरेको छ।

यो दर गत साउन २६ गते निर्णय भइसकेको भएपनि बिहीबार राजपत्र मार्फत औपचारिक रूपमा सूचना प्रकाशित गरिएको छ।

सरकारी सूचना अनुसार, दस्तुर दर सवारीको प्रकार र काठमाण्डौ प्रवेश तथा प्रस्थानको दिशानुसार फरक–फरक निर्धारण गरिएको छ।

सवारी साधनको अनुसार दस्तुर यस प्रकार छ

हलुका सवारी (कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस) ले काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र प्रस्थान गर्दा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनीबस र मिनी ट्रिपररट्रकले प्रवेशमा ११५ रुपैयाँ र प्रस्थानमा ८० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।

बस र ट्रक (सिंगल रियर एक्सल) ले काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ भने मल्टी एक्सल ट्रक तथा भारी उपकरणको दस्तुर प्रवेशमा ६ सय रुपैयाँ र प्रस्थानमा २५० रुपैयाँ तोकिएको छ।

Untitled
Untitled
Untitled