काठमाण्डू, निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको परिणामअनुसार पाण्डेले ५१४ मत प्राप्त गरी विजयी भएका हुन् । जबकि उनका प्रतिस्पर्धी आङदोर्जी लामा ४१३ मतमा रोकिए थिए ।
साथै वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत प्राप्त गरी विजयी भएका छन्। महासचिवमा भने पाण्डे प्यानल बाहिरका उम्मेदवार शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए ।
उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिएका छन् ।
यसैसँग निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्व आगामी कार्यकालका लागि चयन भएको छ ।


































