२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बहराइनमा अमेजनको डाटा सेन्टरमा इरानी मिसाइल प्रहार, सबै सेवा ठप्प

Untitled
Untitled
Untitled

एजेन्सी, पश्चिम एसियामा जारी तनावका बीच इरानले बहराइनस्थित टेलिकम कम्पनी ‘बटेलको’को मुख्यालयमा ड्रोन तथा मिसाइल आक्रमण गरेको छ ।

उक्त भवनबाट विश्वकै ठूलो क्लाउड सेवा ‘अमेजन वेब सर्भिसेज (AWS)’ सञ्चालन हुँदै आएको बताइएको छ ।

आक्रमणपछि (AWS)’ सेवा प्रभावित हुँदा कर्पोरेट नेटवर्क, बैंकिङ प्रणाली र एयरलाइन रिजर्भेसन प्रणालीमा अवरोध आएको जनाइएको छ ।

बहराइनको गृह मन्त्रालयले घटनाको पुष्टि गर्दै सिभिल डिफेन्स टोलीहरू आगो नियन्त्रणमा जुटेको जनाएको छ । तर, क्षतिको विवरण सार्वजनिक गरिएको छैन ।

यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (IRGC)  ले अमेरिकी प्रविधि कम्पनीहरूलाई निसाना बनाउन सकिने चेतावनी दिएको थियो ।

अमेजनले भने क्षेत्रीय संकटका कारण आफ्ना सेवाहरू सुरक्षित स्थानतर्फ सार्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।

Untitled
Untitled
Untitled