२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

देशभर शुरु भयो एसईई, पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ शुरु भएको छ ।

परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाखभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

परीक्षा देशभरका १ हजार ९६६ केन्द्रबाट सञ्चालन भइरहेको छ भने विदेशमा पनि पहिलो पटक जापानमा एक परीक्षा केन्द्र राखिएको छ ।

बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।

Untitled
Untitled
Untitled