२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेपालमा एकसाथ तीन मौसम प्रणाली, कहाँ-कहाँ पर्ला पानी

Untitled
Untitled
Untitled

काठमाण्डू, हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभाव साथै नेपालको पूर्वी क्षेत्रनजिक रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको मौसम महाशाखाले जनएको छ।

महाशाखाले आज सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार अहिले कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा साधारणतया बादल लागेको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

यस्तो छ आजको मौसम प्रक्षेपण

२०८२ चैत्र १६ गते (सोमबार)

दिउँसोः देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।

राति: लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भाग थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ।

 

Untitled
Untitled
Untitled