२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पूर्व गृहमन्त्री लेखकलाई पुर्‍याइयो सरकारी वकिल कार्यालय

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा ल्याइएको छ।

शनिबार पक्राउ परेका उनलाई करिब १० मिनेट कार्यालयमा राखिएको थियो। यसपछि उनलाई काठमाडौँ जिल्ला अदालत पुर्याउने तयारी रहेको जनाइएको छ।

त्यसैगरी, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि सोही प्रक्रियाअन्तर्गत ल्याइँदै गरिएको जानकारी प्राप्त भएको छ।

भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनसँग सम्बन्धित आरोपमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई शनिबार पक्राउ गरिएको हो।

Untitled
Untitled
Untitled