२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिने भएको छ ।

कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे सांसदहरूलाई अभिमुखीकरण तालिम दिन लागेको हो ।

पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित र राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

उनले शनिबार बिहान ११ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम शुरू हुने जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।

प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले ९११ चैत० प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो ।

Untitled
Untitled
Untitled