२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ।

अमेरिकाले समुद्रमा लोड गरिएको रूसी कच्चा तेल र पेट्रोलियम किन्ने अन्य देशमाथिको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्ने बताएको हो।

इरानसँगको युद्धका कारण विश्वबजारमा तेलको हाहाकार भएसँगै तेलको मूल्य बढ्न नदिन यस्तो कदम चालिएको बताइएको छ।

बिहीबार खाडी क्षेत्रमा थप तीनवटा मालवाहक जहाज आक्रमणमा परेपछि तेलको मूल्य फेरि बढेर प्रतिब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

यसैबीच, इजराइलले ‘ठूलो स्तरको अर्को आक्रमणको लहर’ शुरु गरेको बताउँदै इरानको राजधानी तेहरानमा ऋंखलाबद्ध विस्फोटका आवाज सुनिएको छ।

अर्कोतर्फ इराकमाथि उडिरहेको अवस्थामा दुर्घटनाग्रस्त भएको इन्धन भर्ने सैन्य विमानका ६ जना चालकदलमध्ये ४ जनाको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ।

यसअघि उसले दुर्घटनामा ‘दुश्मनको आक्रमण वा आफ्नै पक्षको गोलीबारी’ कारण नभएको बताएको थियो।

Untitled
Untitled
Untitled