२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रास्वपाले काठमाण्डौबाट खाता खोल्दै, रञ्जु दर्शनाको जितको औपचारिक घोषणा मात्रै बाँकी

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।

हालसम्म २३ हजार २२७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)ले १२ हजार ७८ मत प्राप्त गर्दै फराकिलो अग्रता कायम गरेकी छन्।

नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ५ हजार २१६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेले ९८४ मत पाएको छ। त्यस्तै तारा चुनाव चिन्हका उम्मेदवारले २३९ मत प्राप्त गरेका छन्।

हालसम्म गणना भएका मतमध्ये २२ हजार ७०८ मत सदर भएका छन् भने ७१९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सो क्षेत्रमा अघिल्लो पटक कांग्रेसका प्रकाशमान सिंह ७ हजार १४३ मत ल्याइ विजयी हुँदा मिश्रले ७ हजार १८ मत पाएका थिए।

त्यसबेला १२५ मतान्तरले पराजित भएका मिश्र यसपटक तेस्रोमा छन्।

Untitled
Untitled
Untitled