काठमाण्डू, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न काठमाडौँमा बसोबास गर्दै आएका मतदाताहरू धमाधम आफ्नो गाउँघर फर्कन थालेका छन्।
मतदानको दिन नजिकिँदै जाँदा काठमाडौँका प्रमुख नाकाहरू र बसपार्कहरूमा घर जाने यात्रुहरूको निकै चहलपहल र भीड बढेको छ।
विशेष गरी नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खू क्षेत्रमा बिहानैदेखि आफ्नो जिल्लातर्फ प्रस्थान गर्नेहरूको लामो ताँती देखिन्छ।
काठमाडौँमा अध्ययन, व्यापार र रोजगारीका लागि आएकाहरू आफ्नो मताधिकार प्रयोग गर्न उत्साहका साथ झोला गुन्टा बोकेर बसपार्क पुगेका छन्।


































