एजेन्सी, साउदी अरबको राजधानी रियादमा रहेको संयुक्त राज्य अमेरिकाको दूतावासमा दुईवटा ड्रोनमार्फत आक्रमण भएको साउदी रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।
साउदी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै आक्रमणबाट दूतावासको भवनमा सामान्य भौतिक क्षति पुगेको र लागेको आगो नियन्त्रणमा लिइएको जनाएको छ। आक्रमणको समयमा दूतावास भवन खाली रहेको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा प्रतिक्रिया दिँदै अमेरिकाले चाँडै उचित कदम चाल्ने बताएका छन् । उनले भजे, ‘हाम्रो प्रतिक्रिया के हुन्छ भन्ने कुरा तपाईंहरूले छिट्टै थाहा पाउनुहुनेछ ।’
मध्यपूर्वमा बढ्दै गएको तनाव अरु लम्बिने देखिएको छ । इरान र अमेरिका–इजरायलबीच चलिरहेको द्वन्द्वका क्रममा इरानले बदलास्वरुप खाडी मुलुकहरूमा रहेका अमेरिकी आधार शिविर र नियोगलाई निशाना बनाउन थालेपछि यस्तो अनुमान गरिएको हो भने अमेरिकाले पनि यसलाई नसहने तर्क गरिरहेकाले तनाव अरु बढ्न सक्ने देखिएको छ ।


































