२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेसले सरकार बनाएर सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन गर्छ : सभापति थापा

Untitled
Untitled
Untitled

पोखरा, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर पूर्वप्रधानमन्त्री समेत रहेका निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताए ।

सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गरे ।

सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए ।

उनले भने, ‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ ।

त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्ति सबैभन्दा पहिला त्यहाँबाट छानविन शुरु गर्छ ।

आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानविन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ ।र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न ।

त्यसका लागि संस्था बनाउँछ, कानून बनाउँछ । यो नेपाली काँग्रेस पार्टीले संकल्प गरेर आएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउँछ ।

तर, कसरी ? चावुक चलाएर होइन । कसैलाई झुण्डयाएर होइन, कसैलाई ठोकेर होइन । नियम, कानून भित्र रहेर त्यो काम सकिन्छ ।’

सभापति थापाले कांग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढंगले छलफल गरेको दाबी समेत गरे ।

Untitled
Untitled
Untitled