२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सर्लाही–४ मा गगनका प्रतिबद्धताहरुः कपी–कलम अभियानदेखि मिसन रोजगारीसम्म

Untitled
Untitled
Untitled

सर्लाही, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ का लागि छुट्टै प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् ।

सभापति थापाले उक्त क्षेत्रमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना लगायतका क्षेत्रमा काम गर्नका लागि ९ बुँदामा प्रतिबद्धताहरु सार्वजनिक गरेका हुन् ।

सभापति थापाले आफ्नो क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि ‘कापी कलम अभियान’ चलाउने बताएका छन् ।

शिक्षा क्षेत्रको सुधारका लागि सबैका लागि शिक्षा र मातृभाषा शिक्षा लागु गर्नेदेखि विद्यालयमा पुग्न नसक्ने अवस्था अन्त्य गर्दै विपन्न, दलित, मुस्लिम समुदायका विद्यार्थीहरुका लागि छात्रवृत्ति अभियान चलाउने बताएका छन् ।

‘विद्यालयमा पुग्न नसक्ने अवस्था अन्त्य गर्न विपन्न, दलित, मुस्लिम समुदायका विद्यार्थीलाई छात्रवृत्ति अभियान चलाउनेछौँ,’ प्रतिज्ञापत्रमा भनिएको छ, ‘सबैका लागि शिक्षा रम सिकाई सहज बनाउन मातृभाषा शिक्षाको व्यवस्था गर्नेछौँ ।’

कृषिको पकेट क्षेत्र मानिने सर्लाहीका किसानहरुलाई बीउ, मल र मूल्य समयमा सुनिश्चित गर्न ऋणको बोझमा थिचिनुपर्ने अवस्थाको अन्त्यका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै रोजगारी, अवसर र सीपको अभावले विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने घोषणा समेत गरेका छन् ।

जसअन्तर्गत श्रम बजार सर्वेक्षणमार्फत् विभिन्न क्षेत्रका सीप आवश्यक्ताहरुको पहिचान गरी त्यसका आधारमा एकीकृत सिप विकास मेला सञ्चालन गर्ने लगायतका कार्यक्रम अघि सारिएको छ ।

‘मिसन रोजगारी अभियानः रोजगारी, अवसर र सीपको अभावले विदेश जानुपर्ने बाध्यतालाई कम गर्न, सीप र बजारबिचको खाडल, पुँजीको अभाव अन्त्य गर्दै युवालाई उद्यमी र स्वरोजगार बनाउनका लागि ः श्रम बजार सर्वेक्षण मार्फत् विभिन्न क्षेत्रका सीप आवश्यक्ताहरुको पहिचान त्यसका आधारमा एकीकृत सीप विकास मेला सञ्चालन, रोजगार सूचना केन्द्र स्थापना र बजारको माग अनुसारको तालिम र सीप प्रदान गर्ने व्यवस्था गर्नेछौँ,’प्रतिज्ञाप त्रमा भनिएको छ ।

त्यस्तै सर्लाही–४ का मतदाताहरुको गुनासो सुन्नका लागि सांसदको कार्यालय स्थापना गरी समस्या समाधानमा लाग्ने बताएका छन् ।

Untitled
Untitled
Untitled