२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेपालमा नेपालमै प्रसिद्धि कमाएको ढाका टोपी, खुकुरी, खाँडी कपडा र राडीपाखी सक्रान्ति बजारको पहिचान

Untitled
Untitled
Untitled

सक्रान्ति बजार, नेपालका ७ वटा प्रदेश अन्तर्गत पर्ने कोशी प्रदेशको पहाडी जिल्लामध्ये तेह्रथुम पनि एक हो।

यस जिल्ला अन्तर्गत आठराई क्षेत्रको छुट्टै महत्व रहेको छ । भौगोलिक विषमता, शिक्षा क्षेत्रको अग्रता, प्राकृतिक सुन्दरता, सबै जातजातिहरूको वासस्थान, पर्यटकीय सम्भावनाको अवस्था यस क्षेत्रलाई चिनाउने माध्यम हुन् ।

यसका साथै विश्वमै प्रसिद्ध मानिने अलैँची यस क्षेत्रको आकर्षणको केन्द्रबिन्दू रहेको छ।

नेपालमै प्रसिद्धि पाएको ढाका टोपी, आठराईका खुकुरी, खाँडी कपडा, राडीपाखी लिम्बूहरूको धान नाँच, तामाङहरूको तामाङ सेलो, बालुन नाच, ब्राह्मणले बजाउने नौमती बाजा यस क्षेत्रलाई चिनाउने प्रमुख विशेषताहरू हुन् ।

May be an image of text

झन्डै अस्ट्रेलियाको पूर्वी आकार परेको आठराईको बीचमा फुकेको र उत्तर, दक्षिण साँघुरिएको अवस्थामा रहेको छ।

सायद एक वा बढी मानिसहरू  र पाठ को फोटो हुनसक्छ

पूर्वमा तमोर नदी, पश्चिममा कोयाखोला, उत्तरमा ताप्लेजुङ, दक्षिणमा तमोर नदीले घेरिएको उत्तरदेखि दक्षिणतिर भिरालो परेको सुन्दर लिम्बूवान बस्ती भएको यो क्षेत्रको नामकरणका सम्बन्धमा भने विभिन्न किम्वदन्तीहरू पाइन्छन्।

सायद एक वा बढी मानिसहरू  र पाठ को फोटो हुनसक्छ

यस क्षेत्रको नाम आठराई रहनुमा एउटा ऐतिहासिक प्रसङ्ग जोडिएको छ ।

सायद एक वा बढी मानिसहरू, मोटरसाइकल, शेर्पा कोट र 'आठराई आठराईगाउंणालिका गाउंपालिका २०७३ आठराई गाईणालिका 動大母 5.00g गारई कार्यपलिकाळोकारालया कायप्ालकाळ कार्यपालिकाळो कार्यालया कायालय ባሰርትምያን वह्मम GE အေး 出' भन्ने पाठ को फोटो हुनसक्छ

आठ जना रायहरूले धरानको फुस्रेबाट भारी बोकेर आउँदा बास बस्ने ठाउँ संक्रान्ति डाँडामा रहेछ ।

सायद एक वा बढी मानिसहरू को फोटो हुनसक्छ

बास बसेको ठाँउमा राति गफ गर्दै जाँदा यस क्षेत्रमा लिम्बूहरूको राज्य गर्ने मानिस नभएको हुनाले अब हामीले यस ठाउँको राज्य गर्नुपर्छ भनी राज्य गर्ने निधो गरेर राज गर्न थाले र आठ रायहरूले राज्य गरेको क्षेत्रलाई हाल अपभ्रंश हुदै आठराई नाम रहन गएको हो भन्ने किम्वदन्ती पाइन्छ।

सायद एक वा बढी मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू र पाठ को फोटो हुनसक्छ

यसरी यस क्षेत्रको नामाङ्कन लिम्बुहरूबाट नै भएको हो भन्ने आधारको रूपमा यस क्षेत्रका अधिकाँश टोलहरूका नाम पनि लिम्बू भाषाबाट नै नामाङ्कन भएबाट स्पष्ट हुन्छ जस्तै फुङसेङ, नासिवुङ, खाम्लालुङ, फाक्चुवा, लिसेवुङ, साम्थाङ, लिङदेन, पाक्तेन, थोक्लुङ्ग,फुङनाम आदि उल्लेख्य रहेका छन् ।

सायद एक वा बढी मानिसहरू, शेर्पा कोट र पाठ को फोटो हुनसक्छ

त्यस्तै आठराईमा लिम्बूहरूको बसोबास बढी भएको क्षेत्र हुनाले यस क्षेत्रमा अधिकांश ठाउँका नाम लिम्बू भाषामा नै राखिएजस्तै लिम्बू वंशावलीमा पनि तेह्रथुम जिल्लाको नामकरणको सम्बन्धमा किंवदन्ती पाइन्छ ।

सायद एक वा बढी मानिसहरू, मञ्च र पाठ को फोटो हुनसक्छ

“वंशावली अनुसार मोरङ राज्यको साङलाइङ राजाका भाइ सिदिइङ फेदाप पहाडमा बसेको अनुमान गरिएको छ।

उनले दरबारका हिन्दू पुरोहितको भनाइमा लागेर आफ्नो नामसमेत “अमर राय” राखे । त्यसैको अनुशरण उनका सन्तानहरूले गरेका थिए ।

सायद एक वा बढी मानिसहरू र पाठ को फोटो हुनसक्छ

त्यसबेला फेदापमा छ रायहरू भए र यसका साथै उत्तरी फेदापमा सात रायहरू भए ।

नेपालको पूर्वाञ्चलको धनकुटा गौडामा त्यसबेला सत्र थुमको तिरो बुझाउने कार्य हुन्थ्यो जसलाई दश लिम्बूवान र सत्र थुम भनेर अहिले पनि भनिन्छ ।

पछि फेदाप र उत्तरी फेदापका छ राय र सात रायलाई मिलाई छुट्टयाएर तेह्रथुम बनाइयो ।

सायद एक वा बढी मानिसहरू र 'MY D NIEER स्र 더글다 더구 ति:-२० त:- -20 मम 크미빙 ব O PRIDE .अल्ला खेलक D 金意 ੫य PRIDE' भन्ने पाठ को फोटो हुनसक्छ

यी माथिका किंवदन्तीबाट के स्पष्ट हुन्छ भने तेह्रथुम जिल्लाको नामकरण तिरो उठाउने सम्बन्धबाट भएको बुझिन्छ ।

“वि.सं. १९५२ सालमा सर्भे नापी हुँदा १३ वटा थुमहरू मिलाएर हालको सदरमुकाम रहेको म्याङ्लुङमा मालपोत उठाउन माल अड्डा स्थापना गरेपछि यसको नामकरण तेह्रथुम रहेको हो ।

सायद एक वा बढी मानिसहरू र पाठ को फोटो हुनसक्छ

वि.सं. २०२२ सालमा ७५ जिल्लामा माल अड्डा खडा भएपछि यस जिल्लाका १३ वटा थुम मध्ये पाँचथर जिल्लामा पाँचथर थुम नुभो उत्तर र नुभो दक्षिण, ताप्लेजुङ जिल्लामा तमोरखोला, मैवाखोला, मेवाखोला र याङ्रूप थुमहरू र सङ्खुवासभा जिल्लामा पाँचखपन, चैनपुर, सभाउत्तर, सङ्खुवाउत्तर र दसमझिया थुमहरू गाभिएको हुनाले अनि बाँकी रहेका फेदाप, आठराई र छथर गरी यस जिल्लामा हाल तीनवटा थुमहरू मात्र कायम रहेका छन्।”

वि.सं. २०१९ साल अघि यस जिल्लाको प्रशासन धनकुटाबाट चलाउने गरिएको थियो ।

वि.सं. २०१९ सालमा म्याङ्लुङमा जिल्लाको प्रशासन स्थापना भएपछि तेह्रथुम जिल्ला कायम भइ आफ्नै अस्तित्वमा रहन गएको हो ।

हाल यस गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयको स्थापना भई सेवा सञ्चालन भई रहेको व्यहोरा सबैमा अवगत नै छ ।

यस गाउँपालिकाको कुल क्षेत्रफल १६७.०७ वर्ग किलोमिटर रहेको छ।

Untitled
Untitled
Untitled