२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ललितपुर-२ मा रास्वपा उम्मेदवार जगदीश खरेलले मतदातालाई हनुमान भनेपछि चर्काचर्की

Untitled
Untitled
Untitled

काठमाण्डू, ललितपुर क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल र स्थानीय मतदाताबीच चुनावी घरदैलोका क्रममा चर्काचर्की भएको छ ।

भोट माग्न पुगेका खरेल र मतदाताबीच भएको विवादको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ, जसमा उम्मेदवार खरेल आक्रोशित मुद्रामा देखिएका छन् ।

विवादको सुरुवात तब भयो जब एक मतदाताले रास्वपालाई ‘विदेशी एजेन्ट’ को आरोप लगाए ।

यो सुनेपछि आक्रोशित बनेका खरेलले ती मतदातालाई ४५ वर्षदेखि देश लुटेर खाने दलको ‘हनुमान’ भन्दै प्रतिवाद गरे ।

मतदाताले खरेलको बार्बरा फाउन्डेसनसँगको आबद्धतामाथि प्रश्न उठाएपछि स्थिति झनै तनावपूर्ण बनेको थियो ।

खरेलले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिँदै आफ्नो पार्टीले मात्र देश बनाउन सक्ने दाबी समेत गरे ।

पूर्वसञ्चारमन्त्री समेत रहेका खरेललाई पछिल्लो समय ‘भगौडा मन्त्री’को आरोप लाग्दै आएको छ ।

चुनाव गराउने म्यान्डेटसहित सरकारमा सामेल भएका उनी एकाएक मन्त्री पद छाडेर रास्वपाबाट उम्मेदवार बनेपछि स्थानीय रुष्ट देखिएका हुन् ।

निर्वाचन क्षेत्रमा पुग्दा उनलाई मतदाताले पुराना अडान र राजनीतिक नैतिकताका विषयमा प्रश्न गर्दै लखेट्ने गरेको दृश्यहरु सार्वजनिक भइरहेका छन् ।

मतदातालाई नै ‘हनुमान’ भनेर थर्काएको भन्दै अहिले खरेलको चौतर्फी आलोचना भइरहेको छ ।

आफू स्वयं एउटा दलको सदस्य भएर अर्को दलको समर्थकलाई गालीगलौज गर्नु अशोभनीय भएको भन्दै कतिपयले उनलाई निर्वाचनमार्फत दण्डित गर्नुपर्ने आवाज समेत उठाएका छन् ।

हिजोका दिनमा आफू कुनै दलमा नरहेको दाबी गर्ने खरेल अहिले राजनीतिक स्वार्थका लागि रास्वपा प्रवेश गरेको भन्दै मतदाताले उनीप्रति असन्तुष्टि पोखिरहेका छन् ।

 

Untitled
Untitled
Untitled