२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रचण्डलाई विप्लवको जवाफ–‘चुनावी मोर्चामा सहकार्य नहुनेसँग एकता सम्भव छैन’

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले चुनावी सहकार्य बिना गरिने एकताको चर्चा ‘भ्रम फैलाउने बासी हल्ला’ मात्र भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

विप्लवले सिद्धान्त, कार्यदिशा, कार्यक्रम र उद्देश्य मिल्ने शक्तिसँग एकताका लागि आफूहरू खुला रहेको उल्लेख गरे ।

तर, चुनावी मोर्चामा सहकार्य गर्न तयार नहुने शक्तिसँग एकताको कुरा गर्नु कम्युनिस्ट आन्दोलनमा पुरानो र असफल जालझेल मात्र भएको उनको टिप्पणी छ ।

बुधबार नेकपा संयोजक पुष्पकमल दाहालले एकतामा आउन आग्रह गरेपछि त्यसको प्रतिक्रिया जनाउँदै विप्लवले चुनावी सहकार्य बिना एकताको चर्चा गर्नु व्यवहारिक नभएको बताएका हुन् ।

उनले भने,‘ चुनावी सहकार्यविहीन एकताको चर्चा ‘भ्रम फैलाउने बासी हल्ला’ मात्र हो ।’

Untitled
Untitled
Untitled