२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रतिकूल मौसमले हवाई सेवा प्रभावित, एयर इन्डिया वाराणसी डाइभर्ट, तीनवटा उडान डिले

Untitled
Untitled
Untitled

काठमाण्डू, खराब मौसमका कारण आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएका छन् ।

बाक्लो हुस्सुले बुधबार बिहानैदेखि अधिकांश विमानस्थलको भिजिविलिटी कम हुँदा उडान अवतरणमा समस्या भएको हुन पुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)ले जनाएको छ ।

विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ एयर इन्डिया बनारस ड्राइभर्ट भएको छ भने एयर चाइना आकाशमै होल्ड भएको छ ।

यस्तै, एयर इन्डियाका दुईटा र थाई एयरको एउटा उडान डिले भएको छ ।

यसैगरी, आन्तरिक उडानतर्फ तराई क्षेत्रमा उडानका लागि तयारी अवस्थामा रहेका जहाजहरू खराब मौसमका कारण डिले भएको कार्यालयले जानकारी दिएको छ ।

भरतपुर र ताम्लिङटारका उडान डिले भएका छन् ।

Untitled
Untitled
Untitled