२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मधेश झरे कांग्रेस सभापति, विमानस्थलमा भब्य स्वागत

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवारी दर्तापछि पहिलोपटक मधेश ओर्लिएका छन् ।

भावी प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरिएका गगन सोमबार पहिलोपटक आफ्नो निर्वाचन क्षेत्रमा पुगेका हुन् ।

वारेसमार्फत् मनोनयन दर्ता गरेका गगनले यसअघि नै सर्लाही–४ का नेताहरुसँग काठमाडौंमा निरन्तर भेटघाट गरेका थिए ।

तर, आज उम्मेदवार बनेपछि बाराको सिमरा विमानस्थल पुग्दा ठूलो भीडभाड देखिएको थियो ।

सर्लाही, बारा लगायत तराईका जिल्लाबाट सभापति थापाको स्वागतका लागि ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरु आएका हुन् ।

सर्लाहीमा जाने भएसँगै ‘अबकी बार गगन सरकार’ को नारा लगाउन थालिएको छ ।

Untitled
Untitled
Untitled