२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

झापामा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेनले दर्ता गराए उम्मेदवारी

Untitled
Untitled
Untitled

दमक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह(बालेन)ले प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर साहले मनोनयन दर्ता गराएका हुन् ।

यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट प्राप्त गरेका साहले उम्मेदवारी दर्तापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

झापा–५ लाई राष्ट्रिय राजनीतिको केन्द्रका रूपमा हेरिएको छ । यही क्षेत्रबाट नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग साहको प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

ओलीले पनि यही क्षेत्रबाट उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको जनाइएको छ ।

दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ सर्वाधिक रोचक र चासोको केन्द्र बनेको छ ।

 

Untitled
Untitled
Untitled