२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

वरिष्ठ पत्रकार तथा पूर्वमन्त्री होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, वरिष्ठ पत्रकार तथा नेपाली कांग्रेसका नेता होमनाथ दाहालको ८४ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेका दाहालको २०८२ पुस २५ गते साँझ उपचारका लागि वीर अस्पताल पुर्‍याउँदै गर्दा निधन भएको हो ।

ओखलढुङ्गा जिल्लाबाट पूर्वसांसद तथा पूर्व मन्त्रीसमेत रहेका दाहाल नेपाल पत्रकार महासङ्घका पूर्व सभापति हुन् ।

बीपी कोइरालाको विचार र लोकतान्त्रिक सिद्धान्तका सच्चा अभियन्ताका रूपमा परिचित उनले नेपाली पत्रकारिता र प्रजातन्त्र स्थापनाको आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

उनी पञ्चायतकालमा प्रेस स्वतन्त्रताका लागि संघर्ष गर्ने क्रममा पटक(पटक जेल समेत परेका थिए ।

स्वर्गीय दाहालका दुई छोराहरू डा. सुधाम्शु दाहाल र हिमाम्सु दाहाल छन्। उनकी धर्मपत्नी सुधा दाहाल हाल वीर अस्पतालमै उपचाररत रहेकी पारिवारिक स्रोतले जनाएको छ ।

दाहालको पार्थिव शरीरलाई आज बिहान ७ बजेदेखि ९ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि मैतीदेवी नजिकै धोबीखोला किनारमा रहेको उनको निजी निवासमा राखिनेछ ।

त्यसपछि बिहान ९:३० बजे पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गरी अन्तिम संस्कार गरिने कार्यक्रम रहेको जनाइएको छ ।

Untitled
Untitled
Untitled