२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस सभापति देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्री थापाको आग्रह

Untitled
Untitled
Untitled

काठमाण्डू, कांग्रेसका महामन्त्री गगन थापाले आगामी आइतबार र सोमबारका लागि आयोजना हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।

उनले बिहीबारको कार्यसम्पादनसमितिको बैठकपछि पत्रकारहरूसँग भने- ‘मैले कार्यबाहक सभापतिज्यूलाई सभापतिज्यूलाई जसरी पनि विशेष महाधिवेशनमा सहभागी हुन भनिदिन भनेका छौँ।’

कांग्रेसको विधानअनुसार आयोजना भएको विशेष महाधिवेशनमा सहभागी हुन उनले देशभरिका प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।

भदौ २३ र भदौ २४ पछिको विशेष परिस्थितिमा नीति र नेतृत्व फेर्न महाधिवेशनको माग राखिएको उल्लेख गर्दै थापाले अहिलेको संवेदनशील अवस्थामा महाधिवेशनको सान्दर्भिकता झनै बढेको उल्लेख गरे।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन आह्वान गरेका छन् भने कांग्रेस संस्थापन पक्षले विज्ञप्ति नै जारी गरेर विशेष महाधिवेशनमा सहभागी नहुन प्रतिनिधिहरूलाई आग्रह गरेको छ।

Untitled
Untitled
Untitled