२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विशेष महाधिवेशनलाई काउन्टर, संस्थापनबाट २७ गते युवा र २८ गते जिल्ला सभापति भेला

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयले थप तरंग पैदा भएको छ ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन बोलाएका छन् ।

विशेष महाधिवेशनको तयारी तीव्र पारिएपछि संस्थापन पक्षले त्यसलाई काउन्टर दिने तयारी गरेको छ ।

जसअनुसार विशेष महाधिवेशन उद्घाटन हुने दिन अर्थात् पुस २७ गते संस्थापन पक्षले युवा भेला आयोजना गरेको छ ।

उक्त भेलालाई तरुण दलका अध्यक्ष विद्धान गुरुङले संयोजन गर्नेछन् । भने पुस २८ गते देशभरका जिल्ला सभापतिहरुको भेला समेत बोलाउने तयारी गरिएको छ ।

२८ गते काठमाडौंमा जिल्ला सभापतिहरुको भेला बोलाउने तयारी गरिएको भक्तपुर जिल्लाका सभापति दुर्लभ थापाले जानकारी दिए ।

‘वर्तमान परिस्थितिबारे छलफल गर्न पुस २८ गतेका दिन हामीले जिल्ला सभापतिहरुको भेला बोलाउने तयारी गरेका छौँ,’ उनले भने, ‘आजै केहीबेरमा त्यसबारे निर्णय गर्दैछौँ ।’

उक्त भेलाको नेतृत्व थापाले नै गर्ने बुझिएको छ । त्यसो त कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले समेत भेला बोलाएका छन् ।

शुक्रबार दिउँसो १ बजे आनन्दभूमी पार्टी प्यालेसमा भेला बोलाइएको हो ।

पुस २७ र २८ गते विशेष महाधिवेशन गर्नका लागि भृकुटीमण्डपमा हल समेत बुक गरिएको छ भने अन्य तयारी तीव्र पारिएको छ ।

Untitled
Untitled
Untitled