२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रमेश लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाने

Untitled
Untitled
Untitled

काठमाण्डू, भदौ २३ र २४ को जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकले बयान दिँदैछन् ।

आज सिंहदरबारमा पुगेर जाँचबुझ आयोगमा बयान दिने भएका हुन् । तात्कालीन समयमा गृहमन्त्री रहेका कारण नैतिक जिम्मेवारी लिँदै बयान दिन जान तयार भएका हुन् ।

आज मध्यान्न १२ बजे सिंहदरबार पुगेर बयान दिन जाने लेखकको सचिवालयले जनाएको छ ।

त्यस्तै लगत्तै उनले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा समेत सार्वजनिक गर्नेछन् । सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

त्यसो त लेखक बयान नदिने मनस्थितिमा रहेका थिए, तर पार्टीका नेताहरुले बयान दिन जान सुझाव दिएपछि लेखक बयान दिन जान तयार भएका छन् ।

यता तात्कालीन प्रधानमन्त्रीको हैसियतमा केपी ओली भने बयान दिन नजाने मनस्थितिमा रहेका छन् ।

Untitled
Untitled
Untitled