२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

१५ औं महाधिवेशनमा कांग्रेसका महामन्त्री थापा सभापति पदको उम्मेदवार हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् ।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् ।

उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६-२९ गते काठमाडौंमा हुँदैछ ।

 

Untitled
Untitled
Untitled