२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दोहा प्रहरीद्वारा नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी पक्राउ

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई दोहा प्रहरीले पक्राउ गरेको छ ।

सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले पक्राउ गरेको हो । उन को साथबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट आठ तोला सुन भेटिएको जनाइएको छ ।

पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ ।

Untitled
Untitled
Untitled