२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका प्रस्तुत गरिने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने मुख्य एजेन्डामा सहमति जुटेपछि पटक-पटक सर्दै आएको यो बैठक बस्न लागेको हो।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा आगामी पुसमा महाधिवेशन गर्नेगरी तयार पारिएको कार्यतालिका निर्णयार्थ पेस गर्ने कार्यक्रम छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गतेदेखि नै महाधिवेशनको मिति तय गर्न नसकेर पटक-पटक स्थगित हुँदै आएको थियो।

पार्टीभित्र महाधिवेशन नियमित गर्ने वा निर्वाचनलाई लक्षित गरी विशेष महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूबीच मतभेद र बहस चर्किएको थियो।

पछिल्ला अनौपचारिक छलफल र दबाबपछि, विशेष गरी कार्यवाहक सभापति खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूसँग गरेको परामर्शपछि, आगामी पुस महिनाको अन्तिम साता नियमित महाधिवेशन गर्नेगरी कार्यतालिकामा प्रारम्भिक सहमति जुटेको हो।

आजको बैठकमा कार्यवाहक सभापति खड्काले प्रस्तुत गर्ने कार्यतालिका प्रस्ताव छलफलका लागि नभई सिधै निर्णयार्थ पेस हुने बताइएको छ।

Untitled
Untitled
Untitled