२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एमाले नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमण प्रयास, दुई युवक पक्राउ

Untitled
Untitled
Untitled

विराटनगर, नेकपा एमालेका नेता महेश बस्नेतमाथि आक्रमणको प्रयास भएको छ।

सुनसरीमा आयोजना गरिएको युवा संघको कार्यक्रम सहभागी हुन जान लागेका बस्नेतमाथि मोरङको विराटनगर विमानस्थल नजिकै आइतबार बिहान ११ बजेतिर आक्रमण प्रयास भएको हो।

बस्नेत चढेको बा १७ च ५९६१ नम्बरको गाडीमाथि आक्रमण प्रयास भएको मोरङ प्रहरीका प्रवक्ता तथा डिएसपी कोपीला दुलालले जानकारी दिइन्।

सार्वजनिक भिडियोमा पनि गाडीमाथि आक्रमण भएको देखिएको छ। तर, ढुङ्गा प्रहार भएको हो वा अन्य कुनै वस्तु प्रहार भएको प्रहरीसमेत अनुसन्धानमा छ।

आक्रमण प्रयास गर्ने दुई युवालाई प्रहरीले नियन्त्रमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १ का २५ वर्षीय संजोग गौतम र वडा नम्बर २ का १९ वर्षीय अर्पित कुवँर रहेका छन्।

बस्नेत विरानटनग विमानस्थल हुँदै सुनसरी जाने कार्यक्रम तय भएपछि केही युवाहरू विमानस्थल बाहिर आएर विरोध प्रदर्शन गरेका थिए।

सोहीक्रममा बस्नेतमाथि आक्रम प्रयास भएको हो।

सायद 'Mahesh Basnet Just now … विराटनगर विमानस्थलमा हामीमाथि गरिएको रातो मसी छड्याजने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निनदनीय छ लोकतन्त्रमा विरोधको पनि मर्यादा हुन्छ। शान्तिपूर्ण सभा-जुलुस जुलुस र देशभर स्वतन्त्र रूपमा आवत-जावत जावत ग्नु सबै नागरिकको अधिकार हो, तर आक्रमणजस्ता हर्कत कहिल्यै स्वीकार्य हुँदेन| प्रहरीको तत्परताप्रति धन्यवाद। हिंसा होइन-विचार, संवाद र लोकत्त्रिक अभ्यासमार्फतै देश अगाडि बद्छ। अराजकता र आपराधिक गतिविधि कहिल्यै स्वीकार्य हुदेन। बाधाका बीच अहिले युवा संघ नेपालको कोशी प्रदेशको जागरण सभा भव्यता र उत्साहका साथ सुरु हुँदैछ। ऊर्जा, सहभागिता र सकारात्मक सन्देशसहितको यो अभियान देशभर नयाँ प्रेरणा फैलाउनेछ।' भन्ने पाठ को फोटो हुनसक्छ

Untitled
Untitled
Untitled