२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

धनकुटाको पाख्रिबासमा काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना, १४ घाइते, तीनको अवस्था गम्भीर

Untitled
Untitled
Untitled

हिले, धनकुटाको पाख्रिबास नगरपालिका–५ भैंसेस्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार बिहान भएको यात्रुवाहक सवारी दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जना अवस्था गम्भीर परहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिब ६ः३० बजे काठमाडौँबाट खाँदबारीतर्फ जाँदै गरेको बा ४ ख ५५०२ नम्बरको सप्तकोशी माइक्रोबस अनियन्त्रित भई करिब ६०–७० मिटर तल खसेपछि दुर्घटना भएको हो ।

घाइते यात्रुलाई स्थानीयको सहयोगमा तत्काल उद्धार गरी विभिन्न सवारी साधनमार्फत उपचारका लागि जिल्ला अस्पताल धनकुटातर्फ पठाइएको इलाका प्रहरी कार्यलय पाख्रिवासका इन्चार्ज सहि नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

घाइतेहरूको विस्तृत विवरण खुल्न बाँकी रहेको छ । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनोस्थल पाख्रिबास बजारबाट झण्डै १९ किलोमिटर उत्तरपूर्व तर्फ पर्छ ।

Untitled
Untitled
Untitled