२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मिथिलाञ्चल क्षेत्रमा सीताराम विवाह महोत्सव शुरु

Untitled
Untitled
Untitled

जनकपुरधाम, मिथिलाञ्चल क्षेत्रमा बिहीबारदेखि विधिवत् रुपमा सीताराम विवाह महोत्सव शुरु भएको छ।

पहिलो दिन जानकी मन्दिरको प्राङ्गणमा जनकपुर नगर दर्शन गरिएको छ ।

मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा एक हप्तासम्म वैवाहिक कार्यक्रम मनाइने गरिन्छ।

त्यसको लागि जनकपुरधाम क्षेत्रमा श्रद्धालु भक्तजनहरुको चहल पहल बढेको छ।

विवाह पञ्चमीको पहिलो दिन भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो। सोही अवसरमा मिथिलाको राजधानीमा मंगलगान समेत गाइएको थियो।

जनकपुर नगर दर्शनको लागि जानकी मन्दिरकै प्रांगणमा कृत्रिम बजार बनाइएको थियो। सो बजारमा मुरही, चिया, कचरी, पान, मखान, खेलौना, मिठाई, मिथिला चित्रकला, कपडा, सिन्दुर, टिकली लगायतका पसलहरु कृत्रिम रुपमा निर्माण गरिएका थिए।

राम लक्ष्मणको प्रतिकको रुपमा रहेका दुई किशोर बालकलाई रातो कार्पेट ओछ्याएर कृत्रिम बजार घुमाइएको थियो।

Untitled
Untitled
Untitled