२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दक्षिणकाली नगरपालिका ५ नं वडाको प्राथमिकतामा भौतिक पूर्वाधारसँगै पर्यटन प्रर्वधन र सीपमूलक तालिम

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौं जिल्लाको दक्षिण क्षेत्रमा रहेको नवघोषित यस दक्षिणकाली नगरपालिका ऐतिहासिक, धार्मिक र सांस्कृतिक, पर्यटकीय स्थलका रुपमा परिचित रहेको छ ।

पूर्वमा ललितपुर जिल्ला, पश्चिममा मकवानपुर जिल्ला, उत्तरमा कीर्तिपुर, चन्द्रागिरी नगरपालिका र दक्षिणमा मकवानपुर जिल्ला रहेको यस दक्षिणकाली नगरपालिकाको घोषणा मिति २०७१ मंसिर १६ गते नेपाल सरकार, मन्त्रीपरिषद्‌को निर्णयानुसार साविक चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा।वि।स।लाई समेटेर स्थापना भएको हो ।

देशको राजधानी काठमाडौं उपत्यकादेखि करिव १८ कि।मी।को दूरीमा यो नगरपालिकाको कार्यालय रहेको छ ।

फोटो विवरण उपलब्ध छैन।

यस नगरपालिकामा धार्मिक तथा ऐतिहासिक पवित्र शक्तिपिठ, धार्मिक स्थलहरु लगाएत विभिन्न मौलिक संस्कृति, प्राकृतिक सम्पदाले भरिपूर्ण रहेकोले पर्यटनको प्रचुर सम्भावना बोकेको छ ।

ऐतिहासिक महत्व बोकेको सांस्कृतिक सम्पदाले भरिपूर्ण संस्कृतिको अनुपम नमूना हो दक्षिणकाली नगरपालिका ।

जैविक विविधता तथा प्राकृतिक सम्पदाले भरिपूर्ण र विविध जातजाति, भाषाभाषी र धर्मावलम्बीहरुको साझा बसोबास यस स्थानमा रहेको छ ।

फोटो विवरण उपलब्ध छैन।

एसियाकै दोश्रो तथा नेपालको प्रथम जलविधुत आयोजना चन्द्रज्योति जलविधुत गृह यस नगरपालिकामा अवस्थित रहेको छ ।

यस नगरपालिका धार्मिक, पर्यटकीय तथा आर्थिक रुपले आफैमा आमनिर्भर रहन प्रचुर सम्भावना बोकेको छ ।

सांस्कृतिक रुपमा मनाइने श्री हरिशंकर जात्रा तथा बज्रयोगिनी जात्रा यस नगरपालिकको प्रमुख पर्वहरुमा पर्दछन् ।

सायद १० जना मानिसहरू, मन्दिर, मञ्च  र पाठ को फोटो हुनसक्छ

हिन्दुहरुको शक्तिपिठ दक्षिणकाली मन्दिर, गोपालेश्वर मन्दिर, शेषनारायण मन्दिर बौद्धमार्गीहरुका लागि पद्‌मशम्मभवले तपस्या गरेको असुरा गुफा तथा ह्याङलासी गुम्बा काठमाडौं जिल्लाकै सबै भन्दा अग्लो वाणासुर डांडा (२२७८ मि), पञ्जल गणेश, कटुवाल दह, पर्यटनको विकासका लागि चाल्नाखेलको बोसनडांडा, हात्तिवन डांडा,डाँडिखेल,छैमलेको जातीपोखरी, सेतिदेवी मन्दिर, बज्रयोगिनी तथा गोरखनाथ मन्दिर, पौराणिक फर्पिङको नेवारी बस्ती, झम्केश्वरी मन्दिर आदि क्षेत्रमा रहेका छन् ।

सायद ७ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

दक्षिणकाली नगरपालिकाको ऐतिहासिक तथा धार्मिक पृष्ठभूमि केलाउंदा दक्षिणकाली मन्दिर तथा प्राचिन बस्ती रहेको फर्पिङ शहर (शिखरापुर नगर) दुवैको आ आफ्नो महत्व रहेको छ ।

पौराणिक, धार्मिक इतिहास अनुसार भगवान श्री कृष्णबाट चरण स्पर्श भएको पुण्यभूमि तथा बौद्ध ग्रन्थ अनुसार बोधिसत्व पद्‌मशम्मभवको तपस्या स्थल तथा हिन्दुहरुको आध्यदेवी पवित्र धार्मिक तिर्थस्थल माता श्री दक्षिणकाली मन्दिरको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो ।

दक्षिणकाली नगरपालिकाको वडा नं ५ साबिक शेषनारायण गाउँ विकास समितिका वडाहरु १,२,३,४,५,६,७,८,९ मिलेर बनेको छ ।

यहाँको जनसंख्या ३८५५ रहेको छ । यस वडाका जनप्रतिनिधि श्यामबहादुर खत्री २०७४ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

फोटो विवरण उपलब्ध छैन।

पालिकाले उद्यमशिल संस्कृति, राष्ट्रको समृध्दी, सीप सिकौं, आत्म निर्भर बनौं भन्ने नाराका साथ सीपमूलक कार्यक्रम पनि सञ्चालन गरेको छ ।

वडाले वागमती प्रदेश सरकार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित सरंक्षण निर्देशनाल उद्योग तथा वाणिज्य कार्यालय काठमाण्डौ द्वारा संचालित वारिष्टा, हलुका सवारी साधन चालक र जुत्ता बनाउनेू तालिम दक्षिणकाली नगरपालिका वडा न १,२,५ का लागि तालिमको पनि समापन गरेको छ ।

फोटो विवरण उपलब्ध छैन।

यसै गरी वडाले डोल्लु स्थानीयहरूको काकाकुल समस्या समाधान खानेपानी योजनाको काम पनि थालेर अन्तिम चरणमा पुर्याएको छ ।

भौतिक पूर्वाधारसँगै पर्यटन प्रर्वधन र सीपमूलक तालिममा जोड दिएको वडाध्यक्ष खत्रीले बताए ।

Untitled
Untitled
Untitled