२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

राहुघाटको बाँधस्थलमा सुख्खा पहिरो खस्दा दुई मजदूरको मृत्यु, पाँच घाइते

Untitled
Untitled
Untitled

म्याग्दी, म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुख्खा पहिरो जाँदा दुई जना मजदुरको ज्यान गएको छ ।

पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

रघुगंगा गाउँपालिका ४ दग्ना र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासी खसेको सुख्खा पहिरोमा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारि दिए ।

उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली बेनीबाट हिँडेको छ । पहिरोमा परेर मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

घटनास्थलमा पिप्ले प्रहरी चौकीबाट टोली पुगिसकेको छ । घाइते भएकाहरुको उपचारका लागि बेनी अस्पतालतर्फ ल्याइदै छ ।

मृतकको नाम खुले पनि ठेगाना र घाइतेको विवरण भने आउन बाँकी छ ।

Untitled
Untitled
Untitled